
ताप्लेजुङ आम्बेगुदिन-३ स्थित भित्री सडक खण्डमा हप्पु खोला देखी बिर्तामोड तर्फ आउदै गरेको मे. १ ख. १७९९ नम्बरको यात्रु बाहक बस अनियन्त्रीत भई सडक देखी २० मिटर तल खसी दुर्घटना भएको थियो।
दुर्घट्नामा घाईते हुनेमा झापा शनिअर्जुन नगरपालिका ५ बस्ने ४१ बर्षिय टिकाराम बिष्ट, सोहि स्थान बस्ने ४५ बर्षिय भिम कटुवाल, सोहि ५ बस्ने ४१ बर्षिय टिकाराम बिष्ट ताप्लेजुङ खेवाङ-६ बस्ने ७४ बर्षिय जगन्नाथ भट्टराई, ईलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत प्रहरी कार्यालय सहयोगी इन्द्र आम्बुङ लिम्बु, ताप्लेजुङ खेवाङ-६ बस्ने ५४ बर्षिय नरमाया भट्टराई, पेदाङ-८ बस्ने २२ बर्षिय ध्रुव बि.क.,सोहि स्थान बस्ने ४९ बर्षिय धन बहादुर माबो, सोहि-८ बस्ने ५० बर्षिय ललिता माबो, सोहि खेवाङ-९ बस्ने १७ बर्षिय रंजित लिम्बु,सोहि स्थान बस्ने ३४ बर्षिय शन्त कुमार लिम्बु र सोहि स्थान बस्ने ३६ बर्षिय रिता लिम्बु घाईते भएका हुन।
घाईतेहरुको पाँचथर फिदिम अस्पतालमा उपचार भईरहेकोको छ। बस सोहि स्थानमा रहेको र चालकलाई अस्थाई प्रहरी चौकि खम्दिम्बेको नियन्त्रणमा राखीएको छ।
Post a Comment