Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुरक्षा कारबाहीमा ४५ तालिवान विद्रोहीको मृत्यु

काबुल, फाल्गुन ६ गते  । बुधबार बिहानदेखि बिहीबारसम्मको सुरक्षा कारबाहीमा अफगानिस्तानका विभिन्न भागमा कम्तीमा पनि ४५ जना संदिग्ध तालिवान लडाकूको मृत्यु भएको बिहीबार यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

bi

सो मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानका उत्तरी प्रान्तहरु जुवाजिन र बादक्सानमा सो कारबाही गरिएको हो । प्राप्त जानकारीअनुसार ती स्थानमा अफगानिस्तानको संयुक्त सुरक्षा फौजले कारबाही जारी राखेको छ ।

गएको २४ घन्टाभित्र अफगान नेसनल सेक्युरिटी फोर्सेस (एनएएएफ) ले सञ्चालन गरेको तालिवान विद्रोहीविरुद्धको सुरक्षा कारबाहीमा ती दुई प्रान्तका विभिन्न भागमा भएका कारबाहीमा परी ४५ जना तालिवान विद्रोहीको मृत्यु भएको हो ।

साथै मन्त्रालयले पाँचजना विद्रोही लडाकू घाइते भएको पनि बिहीबार जारी वक्तव्यमा जनाएको छ ।

संयुक्त सुरक्षा बल (एएनएसएफ) ले तालिवानविरुद्ध सञ्चालन गरेको सुरक्षा अभियानका क्रममा आधुनिक हतियारमा प्रयोग गरिने भारी मात्रामा गोली बरामद गरिएको रक्षामन्त्री मोहमद मासुमले बताउनुभयो ।

विज्ञप्तिमा सुरक्षा कारबाहीका क्रममा पाँच जना सैनिक पनि गम्भीर रुपमा घाइत भएको पनि मन्त्रालयले जनाएको छ । तर यसबारे तालिवान विद्रोहीबाट भने कुन भनाई आइसकेको छैन ।

उता अफगानिस्तानकै उत्तरी एक प्रान्तमा तालिवानका वर्तमान प्रमुख मुल्लाह र उनका विरोधी तालिवान लडाकूहरुका बीचको झडपमा परी कैयौंको ज्यान गएको बताइएको छ ।

तर यस विषयमा भने तालिवान वा सरकारी सुरक्षा फौजले कुनै समाचार दिएको छैन । रासस
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget