Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गौतमबुद्ध विमानस्थलका लागि १४० बिघा जग्गा अधिग्रहण

भैरहवा , फाल्गुन ६ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरणकार्य आयोजनाले विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ।


xx


यसका लागि थप एक सय ४० बिगा जग्गा आवश्यक पर्ने आयोजनाले जानकारी दिएको छ।


भूमाफिया जग्गा दलालले विमानस्थल आसपासका क्षेत्रमा अनाधिकृत रूपमा जग्गा प्लटिङ गर्ने र दररेट बढाएर सर्वसाधारणलाई झुक्याइ फसाउने प्रवृत्ति बढेकाले विमानस्थलका लागि भविश्यमा आवश्यक पर्ने जग्गा अहिले नै अधिग्रहण गर्न लागिएको आयोजना निर्देशक ओमनारायण शर्माले जानकारी दिए।


अन्तर्राष्ट्रिय हवाई उड्डयन प्राधिकरणको मापदण्ड अनुसार निर्मार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना क्षेत्रको प्रस्तावित हवाई इन्धन ट्यांकी र जहाज मर्र्मत केन्द्र क्षेत्र आसपासमा जग्गा दलालले बेजिल्ला र ग्रामीण क्षेत्रका सर्वसाधारणलाई भुक्याइ बिक्री गरी ठग्दै आईरहेका छन्।

सरकारले विमानस्थल स्तरवृद्धि गर्ने क्रममा चरणवद्ध रूपमा पाँचौ पटक थप जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ। यतिबेला एक सय ४० विगा जग्गा अधिग्रहण गरेसँगै विमानस्थलको कुल जग्गा चार सय २७ विगा पुग्नेछ।


आइकावको मापदण्ड अनुसार अन्तर्राष्ट्रिय विमानस्थलका लागि यति जग्गा पर्याप्त मानिन्छ। २०१७ सालमा भैरहवा शान्तिनगरको घाँसे मैदानबाट सेवा सुरु भएको विमानस्थल अहिले सिद्धार्थनगर नगरपालिका वडा नं.४ र त्यसअसापासको क्षेत्रमा जग्गा अधिग्रहण गरी स्तरवृद्धि गर्दै अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिँदैछ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २९ गतेको निर्णय अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजनालाई सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को (ङ) र (ग), हाटी वनगाई १ को (क), १ (ख) र ७ भुजौली ७(क), ९ (क), ४ (ख) र ७ (ख) क्षेत्रभित्र पर्ने एक सय ४० विगा जग्गा र जग्गामा पर्ने घर टहरा अधिग्रहण गर्ने स्वीकृत दिएको छ। त्यही निर्णय बमोजिम आयोजनाले यही माघ २८ गते जग्गा अधिग्रहणका निम्ति सार्वजनिक सूचना समेत जारी गरेको निर्देशक शर्माले बताए।

विमानस्थल आयोजनाले पूर्वमा सिद्धार्थनगरपालिका वडा नं. ४ कचरीहवा जाने पिच रोड र पश्चिममा हाटी वनगाई गाविसको तिनाउ खोला तथा वनगाईदेखि मर्चवार जाने पक्की सडकको करिब दुई सय ५० मिटर खण्ड अधिग्रहण गर्ने भएको छ।

यसैगरी उत्तरमा हाटी वनगाई गाविस तथा साविक भुजौली गाविस हाल सिद्धार्थनगर नगरपालिका अन्तर्गत लुम्बिनी भैरहवा मूल सडक र गल्ला मण्डी विमानघाट पथको सडक सीमानादेखि ७५ मिटर दक्षिणको जग्गा अधिग्रहणमा परेको छ।

यसैगरी दक्षिण सीमानामा विमानस्थलकको हालको साविकको जग्गा र छोटकी बैरिहवा जाने बाटो, विमानस्थलको फाउर स्टेसनसँग जोडिएको दक्षिणतर्फ दुई सय मिटर पश्चिम चार सय मिटरभित्र पर्ने जग्गा अधिग्रहण प्रक्रियामा अघि बढेको आयोजना प्रमुख शर्माले जानकारी दिए।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget