Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गजलमाला पुरस्कार सीता प्याकुरेललाई

इटहरी , फाल्गुन ११  गते । नेपाली साहित्यको गजल विधामा कलम चलाउने उत्कृष्ट स्रष्टालाई दिइने पुर्वाञ्चलको प्रख्यात गजलमाला पुरस्कारबाट धादिङकी सीता प्याकुलेर सम्मानित हुने भएकी छिन् ।

huuy

नयाँ स्रष्टालाई पहिचान गरि गजल लेखनमा हौसला प्रदान गर्ने उदेश्यले उक्त पुरस्कारको स्थापना गरिएको आयोजक सँस्था उर्लावारी गजल मञ्चले जनाएको छ ।

२०६५ साल देखि स्थापना गरिएको उक्त पुरस्कारबाट ६ जना पुरस्कृत भइ सकेका छन् । अघिल्लो साल युवा गजलकार विराट अनुपम पुरस्कृत भएका थिए भने त्यस अघि क्रमश प्रतिभा प्रक्षिप्त, नविन प्राचिन, राज दिलान्जली, सुसिला भट्ट र रहस्य विक्रम चिमरिया  पुरस्कृत भइसकेका छन् ।

उर्लावारीमा रहेर साहित्यिक गतिविधि गरिरहेको मञ्चले युवा सर्जकका क्षमतालाई सम्मान प्रकट गर्ने गर्छ । सोहि अनुरुप नयाँ कृती प्रकाशन गरि नसकेका स्रष्टालाई थप हौसला बढाउन उनिहरुको क्षमताको कदर गरिएको आयोजक सँस्था उर्लावारी गजल मञ्चकाअध्यक्ष युवराज काफ्ले ‘इवन’ले जानकारी दिएका छन् ।

पुरस्कृत स्रष्टालाई यहि फागुन १५ गते एक विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ५ हजार ५ रुपैया रहेको समेत आयोजकले जानकारी दिएको छ । गजलकार प्याकुरेल शसक्त विचारकी धनि मानिन्छिन् ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget