Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रधानमन्त्री ओलीलाई भारतको राष्ट्रपति भवनमा निवासको प्रबन्ध

काठमाडौं, फागुन ३ गते । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउने भएको छ । भारतीय अधिकारीका अनुसार प्रधानमन्त्रीलगायत भ्रमणमा दलका अन्य केही सदस्यलाई भारतीय राष्ट्रपति भवनमै बसोबासको प्रबन्ध मिलाउन लागिएको छ ।

k p oli

यसअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारत भ्रमणका क्रममा राष्ट्रपति भवनमा बसोबासको व्यवस्था मिलाइएको थियो । २०६३ मा राजतन्त्र अन्त्य भएयता नेपालका सरकार तथा राष्ट्रप्रमुखलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको थिएन । फागुन ७ गते प्रजातन्त्र दिवस समारोहमा सहभागी भई प्रधानमन्त्री अपराह्न नयाँदिल्ली पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले फागुन ८ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुने छ । ओलीले त्यहाँका उपराष्ट्रपति हमिद अन्सारी, मन्त्रीहरू र विभिन्न दलका नेताहरूसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा ७० जनाभन्दा बढी सदस्य रहने परराष्ट्रका शिष्टाचार महाशाखाका एक उच्चअधिकारीले जानकारी दिएका छन् । भ्रमण दलमा परराष्ट्रका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, परराष्ट्र सचिव शंकर बैरागी, शिष्टाचार महापाल रमेश खनाल, भारत महाशाखा हेर्ने सहसचिवहरू प्रकाशकुमार सुवेदी र ताराप्रसाद पोख्रेल, उपसचिव भरतकुमार रेग्मीलगायत सातजना सहभागी हुनेछन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला विज्ञ गोपाल खनाल, प्रेस सल्लाहकार प्रमोद दाहाल, विभिन्न दलका सभासद्समेत रहने शिष्टाचार महाशाखाका ती उच्च अधिकारीले जनाए । ऊर्जा, अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयका सचिव एवं सहसचिवसमेत भ्रमण टोलीमा रहने समाचारमा जनाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget