
स्थानीय एक व्यक्तिले लगाएको पुराणमा सहभागि भएकी पञ्चावती–४ की १७ बर्षीया फूलकुमारी राना मगर र सोही ठाउँ बस्ने १४ बर्षीया टिका मगरलाई भुट्टार गाबिस–८ का १५ बर्षीय बालक पूर्णबहादुर सार्कीले छुरा प्रहार गरेको प्रहरीले जनाएकाे छ ।
पुराण सकिए लगत्तै अन्यत्र जाउँभन्दा नमानेपछि आरोपितले कोठाभित्र सुतेका बालिकामाथि आक्रमण गरेको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए । स्थानीय रुद्रबहादुर खत्रीका अनुसार वाहिरबाट चुक्कुल लगाई आरोपित झ्याल फुटाएर कोठाभित्र छिरेका थिए ।
कोठाभित्र छिर्न साथ उनले मलाई धोका दिएर अर्कैलाई रोजिस हैन् अब तलाई बाकीँ राख्दिन भन्दै फूलकुमारी माथि आक्रमण गरेको र वचाउन खोज्दा टिकामाथि आक्रमण भएको स्थानीयलाई उदृत गर्दै एसपी केसीले बताए ।
छुरा प्रहारबाट फूलकुमारीको छातीको पछाडी कुमको भागमा चोट लागेको छ भने टिकाको खुट्टामा चोट लागेको छ । घाईते फूलकुमारीलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकाछन् भने सामान्य घाईते सिताको स्थानीय क्लिनीकमा प्राथामिक उपचारपछि घर फर्किएकीछिन् । प्रहरीले छुरा प्रहार गरी फरार भएका नैनबहादुरलाई खोजी कार्य जारी राखेको बताएको छ ।
Post a Comment