
अति प्रतिस्पर्धात्मक खेलको ३२ औँ मिनेटमा मोरङका बिजय धिमालले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । मध्यान्तर अघि १–० ले अग्रता पाएको मोरङले मध्यान्तरपछि दुई गोल गरेको थियो । रुपन्देहीले ५८ मिनेटमा सान्त्वना गोल फर्काएको थियो ।
मध्यान्तरपछिको चौथो मिनेटमा मोरङका कप्तान दीपक राईको प्रहार जाली चुमेपछि मोरङले दुई गोलले अग्रता लिएको थियो । दुई गोलले पछि परेको रुपन्देहीले आक्रमक खेल प्रदर्शन गरेको थियो ।
Post a Comment