Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अस्पातल नै कर्मचारी विहीन, सीडियोको छड्के

ताप्लेजुङ, फागुन ३ गते । जिल्ला अस्पताल ताप्लेजुङ र जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङमा १० प्रतिशत कर्मचारीको पनि कार्यालयमा हाजिर नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले आज गरेको छड्के अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

anu3

५८ जना कर्मचारीको दरबन्दी रहेकोमा पाँचजनाको दरबन्दी रिक्त रहेको साथै कार्यरत् ५३ मध्ये ४२ जना अनुपस्थित भेटिएको थापाले बताउनुभयो । अधिकांश कर्मचारी बिदा र काजमा रहेको पाइएकाले उनीहरुको हाजिर ‘गयल’ गरिएको र अब विभाग र क्षेत्रीय कार्यालयमा जानकारी गराइ विभागीय कारबाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । उहाँले जिल्ला अस्पताल ताप्लेजुङको अनुगमनसमेत गर्नुभएको थियो । अस्पतालको इमरजेन्सी कक्षका बेडहरू सुत्नै नसकिने गरी फोहोर र दुर्गन्धित रहेको, अस्पतालको फोहोर व्यवस्थापनमा कर्मचारीले चासो नदिएको, र अस्पतालको औषधि वितरण कक्षमा म्याद सकिएका औषधिसमेत मिसाएर राखेको पाइएको जनाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget