Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रमको भारत भ्रमणले तिक्तता मेटिन्छ: नेम्वाङ

इलाम, २ फागुन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताउनुभएको छ ।

प्रेस चौतारी इलामले आज बिहाज इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गर्नु भयो ।

“प्रधानमन्त्रीको भारत भ्रमणका बेला कस्ता–कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने संसद्मा छलफल हुने भएको छ”, नेता नेम्वाङले भन्नुभयो – “भ्रमणले देशको सर्वाेपरी हित र समृद्धि चाहेको छ ।”

नाकाबन्दी हटेर अहिले मुलुक सहजतातर्फ उन्मुख भइरहेको बताउँदै उहाँले भूकम्प आयो गयो, नाकाबन्दी आयो गयो तर त्योसँग जुध्न हामी सकेनौँ, अब त्यस्ता अप्ठारासँग जुध्ने गरी तयार हुनुपर्छ – उहाँले आग्रह गर्नुभयो ।

“संविधानमा चित्त नबुझेमा संशोधन गर्दै जानुपर्छ । भारतले पनि १२२ पटक संविधान संशोधन गरेको छ । संसद्को बैठकले हालै १९० वटा कानुन संशोधनमार्फत निर्माण गरिएको जनाउँदै उहाँले असन्तुष्टिलाई संशोधनमार्फत अघि बढाइने बताउनुभयो ।

उहाँले जिल्लाको विकासका लागि सबै राजनीतिक दल एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget