
शनिबार जिल्ला बैरेनीस्थित नेपाली सेनाको ६ बाहिनी र २ वटा गणको निरिक्षण र समसामयिक सुरक्षा प्रणाली बारे निर्देशन दिन आएका रक्षामन्त्री रावलले, चीनसँग पुराना र हालै गरिएका व्यापारिक सम्झौता, इन्धन र ग्यास आयात गर्ने सम्झौता, २ देशसीमाक्षेत्रका विभिन्न नाकाहरु संचालन गर्ने विभिन्न चरणमा गरिएका वार्ता र सम्झौता यथासिघ्र कार्यान्वयनमा आउने बताए ।
भारतीय नाका खुले लगत्तै चीनसँगका व्यापारिक सम्झौता र नाका खुल्ने विषयहरु ओझेलमा परेको बारे संचारकर्मीहरुको प्रश्नमा रक्षामन्त्री रावलले भने, ‘भारत भ्रमण लगत्तै प्रधानमन्त्रीको चीन भ्रमणमा प्रमुख एजेण्डाहरु नै देशको दिर्घकालिन हितकालागि चीनसँग गरिने व्यापारिक सम्झौता हो ।’
‘घोषणा भएको ऐतिहासिक संविधानको संसोधनले मधेसी मोर्चाका मागहरुलाई धेरै हदसम्म समेटिसको र प्रदेश सीमाकंनको विवाद पनि सामाजिक सद्भाव नखल्बलिने गरि टुंगो लाग्ने मन्त्री रावलले बताएका छन् ।
संविधानमा उल्लेख जनताका हक अधिकारहरु प्रयोग गर्न जति सक्यो छिटै संविधानको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै सरकारले अब यसै सरकारलाई नै राष्ट्रिय सरोकारको रुप दिई स्थानीय लगायत प्रादेशिक सभाको निर्वाचन गराउने मुख्य लक्ष्य रहेको बताए ।
भुकम्प प्रभावित जिल्लाहरुमा क्षतीग्रस्त नेपाली सेनाका ब्यारेकहरुको पुर्ननिर्माण र मर्मत गर्न प्राधिकरणकै निती अनुरुप अर्थमन्त्रालयसँग आवस्यक बजेटको माग गरिएको रक्षामन्त्री रावलले बताएका छन् ।
Post a Comment