
सरकारले अहिले पनि आन्दोलनमा दमन गरिरहेको उनको आरोप थियो । ‘सरकारले अहिले पनि दमनलाई कायम राखेको छ । फेरि दमन, निषेधित क्षेत्र घोषणा गरि, कफ्र्यू लगाए हामी नाकामा गएर फेरि नाकाबन्दी गर्छौँ’, उनले भने, ‘पहिला पनि सरकारले त्यस्तै व्यवहार गरेर नाकाबन्दी गरेका हौं ।’
सरकारले सहमति विपरित अहिले पनि गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेको प्रति आक्रोश ब्यक्त गर्दै अहिले मौसमको प्रतिकुलताले आन्दोलनको स्वरुप बदले पनि केही दिनमा बसेर सशक्त आन्दोलन लिएर आउने जानकारी दिए ।
ठाकुरले सरकारले आफूहरुको सहमतिबिना गठन गरेको राजनीतिक संयन्त्र अस्वीकार्य भएको भन्दै संयन्त्रलाई संवैधानिक मान्यता दिने र आफूहरुले उठाएको कुरा कार्यविधिमा समेटे संयन्त्रमा सहभागि हुने स्पष्ट पारे ।
ठाकुरले सरकारले आफूहरुको सहमतिबिना गठन गरेको राजनीतिक संयन्त्र अस्वीकार्य भएको भन्दै संयन्त्रलाई संवैधानिक मान्यता दिने र आफूहरुले उठाएको कुरा कार्यविधिमा समेटे संयन्त्रमा सहभागि हुने स्पष्ट पारे ।
‘संयन्त्रलाई संवैधानिक हैसियत दिएर आफूहरुले उठाएका सरोकारलाई कार्यविधीमा समेटे यही संयन्त्रमा सामेल हुन हामीलाई कुनै आपत्ति छैन’, उनले भने ।
ठाकुरले देशको प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली भारत भ्रमणमा गएकोले स्वागतसम्म ठीकै भएको भन्दै यो भ्रमण आफूहरुको लागि हर्ष न विस्मात जस्तो भएको टिप्पणी गरे ।
उनले दुई प्रधानमन्त्रीको संयूक्त वक्तब्यमा नयाँ कुनै कुरा नभई पुराना विषयमात्रै समेटिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलादेखि भन्दै आएको सबैलाई समेटेर मिलेर अघि बढ्ने कुरा मात्रै गरेको बताए ।
‘मधेसमा सडक विस्तारको कुरा पुरानै हो । भुकम्पपछिको पुर्ननिर्माणको कुरा पनि पुरानै हो’, ठाकुरले भने, ‘अब यसको कार्यान्वयन कसरी हुन्छ त्यसमा हाम्रो रुचि छ ।’
Post a Comment