Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक भ्रष्टाचार मुद्धामा

काठमाडौँ, फाल्गुन १८ गते  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

567

२०६६ वैशाखदेखि ०६८ साउनसम्म सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । यसअघि सशस्त्रका पूर्वमहानिरीक्षकहरु कोषराज वन्त, शैलेन्द्र श्रेष्ठ र वासुदेव वलीविरुद्ध मुद्धा दायर भइसकेको छ ।

अख्तियारले बस्नेतसँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ बिगोदाबी गरेको छ । अख्तियारले बस्नेतकै आदेशमा सार्वजनिक खरिद एने, नियमविपरीत विभिन्न कर्मचारीको नाममा ढुवानी प्रयोजनका लागि पेश्की लिएको आरोपपत्रमा जनाएको छ ।

अख्तियारले सामान ढुवानी नगरी सञ्चालनमै नभएका ट्रान्सपोर्टहरुको झुट्ठा बिल बनाएको आरोपपत्रमा जनाएको छ ।

अख्तियारले बस्नेतसहित थप सशस्त्र प्रहरी अधिकारीविरुद्ध पनि विदेश अदालतमा मुद्धा दायर गर्दै बिगो रकम मागेको छ ।

सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापासँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१, सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतसँग ७३ लाख, २३ हजार ८ सय ५४, सशस्त्र प्रहरी निरीक्षक शिवबहादुर अधिकारीसँग देवेन्द्रकुमार श्रेष्ठसँग ८३ लाख ८३ हजार १ सय ३६, सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठसँग १ करोड ६ लाख ६४ हजार ७ सय ३४ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीसँग १ करोड ६ लाख २९ हजार ७ सय १२ रुपैयाँ बिगोदाबी गरेको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget