Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगरमा फाईनल भिड्न्त पुलिस र रमपम झापा विच हुने

 

प्रेम देवान ,

विराटनगर , फागुन १४ गते  । नेपाल पुलिस क्लव काठमाण्डौ विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरमा बिहिवार भएको अन्ति सेमिफाइनल खेलमा आयोजक मोरङ फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो ।



पुलिसले उपाधीका लागी शनिबार रमपम झापा ११ संग प्रतिस्प्रध ागर्ने भएको छ । पुलिसले जितकालागि सुमन सुवेदीले अन्तिम समयमा गोल गरे । सुवेदीले हेमन गुरुङको कर्नर प्रहारलाई सदुपयोग गर्दै मध्यान्तरपछिको ४४ औ मिनेटमा गोल गरेका थिए ।

मध्यान्तर अघि पुलिसलाई दवावमा राखेको मोरङको खेल विष्णु सुनवारले दोहोरो पहेलो कार्ड खाएर मैदान बाहिरिएपछि केही खच्किएको थियो । मध्यान्तरपछि १० खेलाडीमा सिमित मोरङले गोल गर्ने धेरै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा मोरङ पराजित भएको हो ।

मध्यान्तरपछिको १४ मिनेटमा मोरङका सुमन लामाको प्रहार बाहिरिएको थियो । गोल गर्न राम्रो अवसर पाएपनि उनले गरेको प्रहार पोस छेउबाट बाहिरिएको हो । ३३ औ मिनेटमा विक्रम लिम्बुको प्रहार बाहिरिएको थियो । ४१ औ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन । ४२ औ मिनेटमा मोरङका क्याप्टेन दिपक राईले गरेको प्रहार पुलिसका गोल किपर विसाल श्रेष्ठले रोकेका थिए ।

यता पुलिसका सुमन सुवेदीको पासमा भरत साहले हानेको प्रहार पोष्ट माथीबाट बाहिरिएको थियो । ३३ औ मिनेटमा जुमानु राईले हानेको प्रहार मोरङका गोल रक्षक किसोर गिरीले बचाएका थिए । खेलको म्यानअफ द म्याच पुलिसका सुमन सुवेदी घोषित भए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget