Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अब एउटा चुरोट बेचेमा १० हजार जरिवाना !

विराटनगर, फागुन ४ गेते । के तपाईं चुरोट बेच्दै हुनुहुन्छ ? अब सावधान हुनु पर्ने भएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

Smoking
स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइए १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरित कसैले खिल्ली चुरोट बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए । सवैभन्दा पहिले यसबारे जनचेतना फैलाउने तयारीमा मन्त्रालय रहेको उनले बताए ।
पछिल्लो समय खिल्ली चुरोट बिक्री गर्ने र खाने चलन बढेको छ । त्यसलाई निरुत्साहित गर्न मन्त्रालयले यस्तो निर्णय गरेको हो, श्रेष्ठले भने ।
एक तथ्यांक अनुसनर नेपालमा ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । २० प्रतिशत किशोरकिशोरीले धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget