Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ओलीलाई दिल्लीमा कालोझन्डा

नयाँदिल्ली, फाल्गुन ८ गते । भारत भ्रमणका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालोझन्डा देखाइएको छ ।

bf


विमानस्थलबाट ओलीको कारगेट राष्ट्रपति भवन जाने क्रममा दिल्लीमा रहेका मधेसी मोर्चा समर्थकहरुले उनलाई कालो झन्डा देखाएका हुन् ।

ओलीलाई कालो झन्डा देखाउन जवहरलाल नेहरु र दिल्ली विश्वविद्यालयमा अध्ययनरत मधेसी दलनिकटका विद्याथीहरु उपस्थित भएका थिए ।

कालोझन्डा देखाउने क्रममा भारतीय प्रहरीले मधेसी मोर्चाका विद्यार्थीहरुलाई कुनै हस्तक्षेप गरेन। विद्यार्थीहरुले आफूहरुले देखाएको कालोझन्डा प्रधानमन्त्रीले देखेको दाबी गरेका छन् ।


६ दिने भारत भ्रमण जानुअघि बिहीबार प्रम ओलीले सीमांकन विवाद मिलाउन उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेका थिए ।


प्रमुख दलबाट हतारहतारमा गठित राजनीतिक संयन्त्रलाई अस्वीकार गर्दै मधेसी मोर्चाले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै विरोध जनाएका थिए ।


मधेसी मोर्चाले आफूहरुसँग सहमति गरेर मात्र दिल्ली जाँदा उपयुक्त हुने बताइरहेका बेला दिल्ली हिँडेका ओलीको त्यहाँ पनि विरोध हुन पुगेको हो ।

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget