Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

२३ वर्षपछि खोलो फर्कियो, नेपाललाई फूटवलमा स्वर्ण पदक

विराटनगर, फागुन ४ गते । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ ।

Nepal-Footballसोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो । यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन ।
सोमबार खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो ।
त्यसअघि भारतका कुमाम उदान्तले ११ मिनेटमै गोल गरेपनि रेफ्रीले अफसाइड दिए । २८ मिनेटमा हलिचरण नर्जरीको क्रसमा उदान्त गोल गर्न चुके । उनले गरेको हेडर पोलभन्दा केही माथिबाट गएको थियो ।
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब समेत दिएको थियो । तर, दोस्रो हाफमा नेपाल आफ्नो लयमा फर्कियो । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।
लगतै विमल घर्तिमगर वान भर्सेज वानमा चुके भने बोउन्स भएको बलमा नेपालले गरेको प्रहार भारतीय खेलाडीले गोललाइनबाट बचाए ।
खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २(१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २(१ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ ।
नेपालले स्वर्ण जित्दा राजुकाजीका तीन संयोग
नेपालले सोमबार भारतलाई हराएर साग गेम्सको फुटबलमा स्वर्ण जित्यो । सागमा नेपालको अहिलेसम्म गरेर ३ पटक स्वर्ण जितेको छ र यी तीनै जीतमा राजुकाजी शाक्यको महत्वपूर्ण योगदान छ ।
पहिलो स्वर्ण सन् १९८४ मा जित्दा राजुकाजी टोलीका सदस्य थिए । १९९३ मा जित्दा उनी टिमका क्याप्टेन थिए । अहिले यस वर्ष उनी कोचका रुपमा रहेका छन् ।
जितपछि प्रशिक्षक शाक्यले दोश्रो हाफमा रणनीति परिवर्तन गरेपछि जित निस्केको बताए । उनले भारतले गरेको पहिलो गोल आफ्ना डिफेन्डरको कमजोरीले गोल भएको समेत बताएका छन् ।
दोश्रो हाफमा सर्ट पास खेलेर आफूहरुले जित निकाल्न सफल भएको र खेलाडीले पनि राम्रो खेलेको बताए । उनले जितले आफू अत्यन्त खुशी भएको बताउादै यो जित नेपाली जनतामा समर्पण गरेको बताए ।
क्याप्टेन विराज महर्जनले पनि रणनीति परिवर्तन नै जितको खुड्किलो भएको बताए । साथै उनले टिमवर्कको परिणाम जित भएको बताउँदै फ्रिकिक नै खेलको टर्निङ प्वाइन्ट भएको उल्लेख गरे ।
भारतका प्रशिक्षक लि अलान जोनसनले आफू हारबाट निराश भएको प्रतिक्रिया दिए । उनले फ्रिकिक अविश्वसनीय भएको भन्दै उनले त्यसले नै खेलमा नयाँ मोड लिादा हार्नुपरेको बताए ।
भारतीय भूमिमा नेपालको समर्थनमा हुटिङ
नेपालले भारतबिरुद्ध उसकै मैदानमा प्रतिष्पर्धा गरिरहेको थियो । तर, आयोजक भारतबिरुद्ध खेल्दा नेपाललाई उल्लेख्य समर्थन र हुटिङ भयो ।
नेपालका खेलाडीको खुट्टामा बल पर्ने वित्तिकै नेपालको पक्षमा हजारौं दर्शकले समर्थन स्वरुप हुटिङ गरेको देखियो । जसका कारण नेपाली खेलाडीले उच्च मनोवलका साथ प्रदर्शन पनि गरे । नेपालको समर्थनमा हुटिङ गर्न नेपाल घर भइ भारत बस्ने नेपालीहरु र आसाम, गुवाहाटी, सिलोङ लगायतका ठाउामा बस्ने नेपाली भाषी उल्लेख्य रुपमा रंगशाला पुगेका थिए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget