Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कोइरालाको निधन ‘शंकास्पद’

काठमाडौँ, फाल्गुन १२ गते । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा पार्टी सभापति सुशील कोइरालाको निधन रहस्यमय भएको भन्दै छानविन हुनुपर्ने माग उठेको छ ।

kkpp

केन्द्रीय सदस्य सूर्यमान गुरुङले पार्टी सभापति सुशील कोइरालाको निधन रहस्यमय भएको भन्दै छानविन हुनुपर्ने माग गरे । निधन भएको अघिल्लो दिन विहान आफूले सम्पर्क गर्दा विरामीको गुन्जायस समेत नपाएको बताउँदै गुरुङले राष्ट्रको नेताको निधन एकाएक हुनुमा रहस्य रहेको बताए । उनले विरामी अवस्था भएको भए किन अस्पताल नलगिएको भन्दै पार्टीले छानविन समिति बनाउनु पर्ने बताए ।

गुरुङको भनाईमा अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले पनि समर्थन जनाए । पार्टीको सभापति र पूर्वप्रधानमन्त्री समेत भइसकेको नेतालाई अस्पताल नलगि एक्कासी निवासमै निधनको खवर अपत्यारिलो बनेको बताउदै छानविन हुनुपर्नेमा जोड दिए ।

खाँडपछि लगतै केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीमा उठेका गम्भीर विषयको टुंगो लगाउने काम पदाधिकारीले गर्दै आएकाले यसबारेमापनि पदाधिकारीबाट निर्णय गर्न आग्रह गरे । उनले पदाधिकारीलाई निर्णय गर्न आग्रह गरेपछि यो बिषय थप अघि बढेन ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget