
भ्रमण दलमा सहभागी सदस्यहरूलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन आग्रह गर्नुभएको हो ।
भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली भोलिदेखि पाँचदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । रासस
Post a Comment