Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारत लाइ शंका नगरौं

काठमाडौँ, फाल्गुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबाट दुई देशबीच देखिएको असमझदारीको अन्त्य भएको दाबी गरेका छन् ।

download (3)

इन्टरनेशनल कन्सर्न सेन्टरले आज राजधानीमा गरेको कार्यक्रममा उनले आफ्नो भ्रमणलाई राजकीय भ्रमणको सम्मान दिएर भारतले नेपालको सम्मान गरेको र भारतीय प्रधानमन्त्रीलगायतले नेपालको संविधानकोप्रशंसा गर्नुले सम्बन्ध पूर्ववत् रुपमा फर्केको प्रष्ट भएको बताए । संयुक्त विज्ञप्ति नआउँदैमा कुनै शंका गर्नु नपर्ने भन्दै ओलीले केही तुष बाँकी भए त्यो पनि समाप्त भएर जाने विश्वास दिलाए ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको भ्रमणमा भारतले देखाएको आतिथ्यले नेपालप्रति उसको सद्भावमा कमी नदेखिए पनि चीसोपन भने अझै बाँकी रहेको बताए ।

सम्बन्धलाई हार्दिक बनाउन कुटनीतिक पहललाई तीब्र बनाउनु पर्ने र देशभित्रको समस्यामा ध्यान दिनु पर्नेमा उनको जोड थियो ।

यस्तै पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भ्रमणपछि दुई देशको सम्बन्ध सुधारको बाटोमा गएको भन्दै भारतको आधारभूत स्वार्थमा धक्का नपर्ने गरी चीनसँग पनि सम्बन्ध विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व राजदूत शम्भुराम सिंखडाले दुई देशबीचको सम्बन्धमा सुधार आए नआएको निर्धारण अन्य कुराले भन्दा ग्यास र पेट्रोलको आपूर्तिले गर्ने तर्क गरे ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget