
निरीक्षणका क्रममा स्थानीयसँग घिमिरेले छलफल पनि गर्नु भएको छ । सो क्रममा आगामी आइतबार सर्वदलिय बैठक बस्ने सहमति भएको याङनाम १ का गजेन्द्र लिम्वूले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीयवासीहरुले फागुन ३ गते कम्पनीलाई कादुरी संस्थाकै मापदण्ड अनुसार पुल निर्माण गरिदिन माग गर्दै सम्झौताका लागि ५ दिने अल्टिमेटम दिएको थियो । पाँचथर पावर कम्पनीले कादुरी एग्रीकल्चर वेल्फेयर संस्थाले २० वर्ष अघि निर्माण गरेको पुल हाइड्रोको इन्टेक निर्माण गर्न भत्काएको र पछि बनाएको काजिमाने झुलुङ्गे पुल जोखिमयुक्त रहेको बताएका छन् ।
कम्पनीले याङनाम,भारपा र नांगीन गा.वि.स.को सीमा हुँदै बग्ने हेवाँखोलाबाट ७ वर्ष अघि देखि १४ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न निर्माणको काम गर्दै आएको छ ।
Post a Comment