Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोरङ कारागारमा तीन दोब्बर कैदीबन्दी, समस्यै समस्या

विराटनगर, फागुन ६ गते । मोरङ कारागारमा क्षमताको झन्डै तेब्बर कैदीबन्दी राखिएपछि समस्या भएको छ । सुनसरीलगायत अन्य छिमेकी जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरिएकाले पनि कारागारमा कैदीबन्दी अटाइनअटाई भएका हुन् ।

prison

मोरङ कारागारका जेलर दुर्गादत्त पौडेलका अनुसार २५० जनाको क्षमता रहेको मोरङ जिल्ला कारागारमा अहिले ७२५ कैदीबन्दीलाई राखिएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदी राखिएपछि उनीहरुलाई खान, सुत्न र शौचालय जानसमेत समस्या हुने गरेको छ । जेलर पौडेल भन्नुहुन्छ – “क्षमताको झन्डै तीनगुणा बढी कैदी भएकाले धेरै समस्या भएको छ ।” जेलर पौडेलले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको बताउनुभयो ।
मोरङ कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका ७० प्रतिशत जबर्जस्ती करणी, लागुऔषधलगायतका गरेर अन्य २४ वटा मुद्दाका कैदीबन्दी मोरङ कारागारमा छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget