
पाटीको सुनसरी २ नम्बर क्षेत्रीय समितिले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खड्काले काँग्रेसको तेह्रौं महाधिवेशनको संघारमा स्थानिय निकायको निर्वाचन गर्ने हल्ला गर्दै हिंड्नु आफ्नो पाटिलाई कमजोर बनाउने खेल भएको स्पष्ट पारेका हुन् ।
“सरकारका स्थानिय विकास मन्त्री आँफै अब चाँडै स्थानिय निकायको निर्वाचन हुन्छ भन्दै हिंडिरहेका छन् ।” उनले भने – “यो कांग्रेसको गाउँ, नगर तथा जिल्लामा भएको निर्वाचनको तुषमा कार्यकर्ता भड्किउन र अरुलाई लाभ होस् भन्ने मनोवृत्ति हावि भएको हो ।” खड्काले नेपाली काँगे्रसको तेह्रो महाधिवेशनले गुटगत राजनीतिको अन्त्य हुने रनेता तथा कार्यकर्तामा भावनात्मक सम्बन्ध बलियो हुनेमा विश्वास व्यक्त गरे ।
उनले महाधिवेशन पश्चात ठुलो पाटि भएको हैसियतले कांग्रेसले राष्ट्रिय सरकारको निर्माण बारे पहल गरि नेतृत्व लिने समेत स्पष्ट पारे । सरकारको कामका बारे चौतर्फी आलोचना भएको भन्दै उनले काँग्रेस सक्षम रहेको औल्याए । खड्काले भने – “ठुलो र विपक्षि पाटि भएको हैसियतले वर्तमान सरकारको विकल्प नेपाली काँग्रेस नै हो ।”
Post a Comment