Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हवाई दुर्घटना जाँचबुझ आयोग गठन

काठमाडौँ, फाल्गुन १३ गते । सरकारले हिजो म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ ।

download

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको मन्त्रालय सचिव पे्रमकुमार राईले जानकारी दिनुभयो ।

आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन सुवास रिमाल र मन्त्रालयका सहसचिव सुरेशमान आचार्य रहनुभएको छ ।

पोखराबाट आज बिहान ७ः५० बजे जोमसोमका लागि उडेर सम्पर्क्विहीन तारा एयरको विमान दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना हुँदा चालक दलका तीन सहित २३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले विज्ञप्ति जारी गरी विमान दुर्घटनामा दिवङ्गत चालक दलका तीन सदस्यसहित २० यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– “वायुयानमा कुल २० यात्रुमध्ये १८ वयस्क, दुई नाबालक थिए, वयस्कमध्ये १६ नेपाली तथा एक एक कुवेती र चिनियाँको मृत्युप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछाँै ।” केन्द्रले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आवश्यक प्राविधिक उपकरणसहित उद्धारका लागि परिचालन भइसकेको जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget