
खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथै सरस्वतीपूजा, अभिभावक भेला, पुरस्कार तथा छात्रवृत्तिवितरण कार्यक्रमका साथ तीन दिने कार्यक्रम समापन भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल रहनु एको थियो ।

विद्यालयको आन्तरिक श्रोत र विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषको व्याजबाट विद्यार्थीलाई छात्र वृत्ति वितरण गरिएको छ । कार्यक्रममा विद्यालयका पूर्व प्राचार्यहरु, छिमेकी विद्यालयकाप्राचार्यहरु, जिल्ला शिक्षाकार्यालयका अधिकृतहरु, अभिभावकहरु, पूर्वविद्यार्थीहरु, वि.व्य.स., शिक्षकअभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
Post a Comment