
फोटोपत्रकार चुमन बस्नेतका अनुसार दक्षिणतर्फको प्यारापिटमा केहि होहल्ला भएपछि प्रहरी सुरक्षा लागि पुगेको थियो । त्यसक्रममा तस्वीर लिन पुगेका पत्रकार सुमन सुस्केरालाई फोटो नखिच्न भन्दै धम्कि दिइयो । अचानकै उनीमाथि सुरक्षाकर्मीले आक्रमण गरे ।
यसपछि आक्रोशित दर्शकले होहल्ला गरे । प्रहरीले दर्शकलाई कुटपिट गर्न थाल्यो । मोरङ फुटवल संघका अध्यक्ष दीपेन्द्र धिमालका छोरालाई समेत कुटपिट गरियो ।
दर्शकहरुका अनुसार प्रहरीले बर्बर रुपमा आक्रमण सुरु ग¥यो । यो घटनाप्रति गोल्डकप आयोजक समिति मुकदर्शक बनेको छ भने पत्रकारहरुले दोषी उपर कारवाहीको माग गरेका छन् ।
Post a Comment