Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जेलबाट रिहा भएर घर पुगे सञ्जय, जेलमा कमाए ३८ हजार रुपैयाँ

मुम्बई , फागुन १४ गते  । बलिउड अभिनेता सञ्जय दत्त पुणेको यरवदा जेलबाट बिहिबार बिहान रिहा भएका छन् । अवैद्य हतियार राखेको मुद्दामा ५ सालको सजाय काटेर उनी रिहा हुँदा पुणेमा पत्नी मान्यता र चलचित्र निर्माता तथा निर्देशक राजकुमार हिरानी पुगेका थिए । उनको सुरक्षाका लागि सलमान खानले बडिगार्डसमेत पठाएका थिए ।

sanjay-dutt

रिहा भएपछि बिहान ११ः३० बजे मुम्बाई आइपुगेका छन् । एयरपोर्टमा उत्रने बित्तिकै सञ्जय सिधै सिद्धिविनायक मन्दिर पुगेका थिए । त्यसपछि मरिन लाइन्स स्टेसनमा रहेको आमा नरगिसको समाधिमा पुगेर श्रद्धान्जली दिएका थिए । अनि मात्र उनी इम्पेरियल हाइटस्मा रहेको आफ्नो निवास पुगे । त्यहाँ उनलाई बाजागाजासहित स्वागत गरिएको थियो । सञ्जय दत्त रिहा भएपछि बलिउड सेलिब्रेटीहरुले उनको स्वागत गर्दै समाजिक सञ्जालमा शुभकामना दिएका छन् । ‘पूरानै दिनचर्यामा स्वागत छ । अब यादगार चलचित्रहरु बनाऊ,’ ऋषि कपुरले लेखेका छन् । त्यस्तै साजित खान, जुही चावला, महेश भट्टलगायतले पनि ‘वेलकम ब्याक सञ्जय’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । सन् १९९३ को मुम्बई ब्लास्टपछि एके ४७ हतियार राखेको आरोपमा सञ्जय पक्राउ परेका थिए । उनलाई टाडा कोर्टले पनि दोषी करार गर्दै ५ वर्षको सजाय सुनाएको थियो । उनी सन् २०१३ को मे २१ मा जेल चलान भएका थिए । उनले पहिले नै १८ महिना जेल सजाय काटेका हुँदा ४२ महिना मात्र जेल बस्नु परेको थियो । जेलमा सञ्जयले कागजले बनेको झोला बनाएर ३८ हजार रुपैयाँ कमाएका थिए । तर, त्यसमा उनले ४ सय ४० रुपैयाँमात्र बचाए । ४२ महिनामा उनले २ सय ५६ दिन पेरोलमा जेलबाहिरै बिताएका थिए । - रातोपाटिबाट

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget