Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एकताबारे वैद्य र बादलबीच विवाद

काठमाडौँ, फाल्गुन १८ गते  । एमाओवादीसँग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ ।

jjjuu

एमाओवादीसँग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  बैद्य माओवादीमा एमाओवादीसँग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको छ ।

एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलबीच विवाद उत्कर्षमा पुगेको छ ।  कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि विभाजन आउने बताउन थालेका छन् ।

स्रोतका अनुसार अध्यक्ष बैद्य राजनीतिक कार्यदिशासहितका विषयमा एमाओवादी सच्चिए मात्रै एकता गर्न सकिने पक्षमा छन् भने थापा तत्कालै माओवादी पार्टीहरुबीच निःसर्त एकताको पक्षमा छन् ।

विभाजन हुँदा माओवादी शक्ति कमजोर भएको र यथास्थितिवादीहरुले खेल्ने मौका पाएको भन्दै थापा एकता गरेपछि पनि अन्य कार्यदिशाका विषयमा छलफल गर्न सकिने पक्षमा उभिएका छन् ।

तर, वैद्य भने सिद्धान्त नमिलेसम्म एकता हुन नसक्ने अडानमा छन् । प्रचण्डलाई स्थापित गर्न मात्र एकता गर्न नहुने वैद्यको भनाई छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget